images
images

पुल्चोक क्याम्पसमा स्ववियुले गर्‍यो स्वास्थ्य शिविर

images

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन  (स्ववियु) पुल्चोक क्याम्पसले नेत्र तथा दन्त परीक्षणसहितको स्वास्थ शिविर गरेको छ। नेत्रधाम आइ फाउन्डेसन तथा ॐ समाज डेन्टल हस्पिटलको सहयोगमा शिविरको आयोजना गरिएको हो।

शिविरबाट २९८ जनाले लाभ लिएका छन् । जसमध्ये ८६ जनाको नेत्र समस्या पहिचान भइ रिफर गरिएको छ। दन्त शिविरमा दात सफा (स्केलिङ्ग) समेत गरिएको थियो।

शिविरबाट क्याम्पसका शिक्षक, कर्मचारी, विद्यार्थीको स्वास्थ्य चेकअप, नेत्र तथा दन्त समस्याको पहिचान गरिएको स्ववियु सदस्य तथा स्वास्थ्य शिविर कार्यक्रम संयोजक स्वयम श्रेष्ठले बताए।

शिविरको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.  प्रकाश बुढाथोकीले गरेका थिए। प्रवक्ता डा।बुढाथोकीले पुल्चोक क्याम्पसको आकस्मिक स्वास्थ्य सेवाका निमित्त बनाइएको हेल्थ असिस्टेन्टको कार्यालय निरिक्षण गरेका थिए ।

निरीक्षण गर्दै उनले विद्यार्थी बिमाको कार्यक्रमलाई सहजीकरण गर्ने तथा क्याम्पससँग आवश्यक स्वास्थ्य सेवा वृद्धिका निमित्त भविष्यमा समन्वय गर्दै अघि बढ्ने बताएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS