images
images

गङ्गालाल अस्पताललाई पाँचसय शय्यामा विस्तार गरिन्छ : मन्त्री पौडेल

images

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शय्यामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् ।मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका पौडेल गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन त्यहाँ पुगेका हुन् ।

मन्त्री पौडेलले केन्द्रका कार्यकारी निर्देशकलगायत कर्मचारीहरूसँग छलफल गरी अन्य विभिन्न विषयमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सो क्रममा गङ्गालाल अस्पताललाई ५०० शय्यामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताए । उनले अन्य ६ वटै प्रदेशमा समेत हृदय रोग केन्द्रको स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन् ।

अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार यस केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने उनले बताए ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS