images
images
images

बतासे डाडामा चिया बगान बनाउँदै आँबुखैरेनी गाउँपालिका

images

तनहुँ
तनहुँको आँबुखैरेनी गाउँपालिकाले खोरीयामा चिया बगान बनाउन सुरु गरेको छ । ‘दिगो आर्थिक बिकास र आत्म निर्भर को लागि चिया’ भन्ने नाराका साथ गाँउपालिकाले आबुखैरेनी गाउँपालिका वडा न ६ हिलेखर्कको बतासे डाडामा चिया बगाउन बनाउन लागिएको हो ।


ऑबुखैरेनी गाउँपालिकाको चालु आर्थिक वर्षको कृषि शाखा कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत रहेका जनशक्ति लाइ परिचालन गरी चियाको बेर्ना रोपिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘चिया खेति सञ्चालन गरि दिगो आर्थिक बिकास गर्दै आत्म निर्भर को लागि गाउँपालिकाले चिया बगान स्थापना गर्न लागेको पालिका अध्यक्ष चुमानले बताए । पहिलो चरणमा बिहीबार करिब १५ रोपनी जग्गामा चार हजार दुई सय चियाको बेर्ना रोपिएको गाउँपालिकाले जनाएको छ । सो जग्गामा घुम्ती जातको चियाका विरुवा रोपिएको उपाध्यक्ष दुर्गा आर्यालले बताइन् ।

 

हैसीयत बिग्रेको जग्गालाई सदुपयोग नगदे बालीको रुपमा रहेको चिया खेतीलाई विस्तार गर्ने तयारी रहेको छ । पहिलो चरणमा नुवाकोटबाट चियाका बिरुवा ल्याएर बगान बनाउन लागिएको हो । यो कार्यक्रमबाट पर्यटीकय क्षेत्रको हिलेखर्कको पर्यापर्यटन विकासमा समेत मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ ।

नेपालमा चिया खेतीको शुरुवात आजभन्दा १५४ वर्ष अघिदेखि भएको भएता पनि कृषकस्तरमा यसको खेती वि.सं. २०३५ सालदेखि भएको हो । नेपालमा व्यवसायिक चिया खेती मुख्यतः पूर्वाञ्चलका केहि जिल्लाहरूमा भएको भएता पनि हालका वर्षहरूमा मध्यमाञ्चलका पहाडी जिल्लाहरूमा पनि साना कृषकस्तरमा यसको बिस्तार भइरहेको छ ।

चिया नेपालको एक प्रमुख निर्यातजन्य कृषि उपज भएको र नेपालको पहाडी भूभागको जलवायु उच्च गुणस्तरको अर्थोडक्स चियाको लागि निकै उपयुक्त भएको परिप्रेक्ष्यमा नेपालमा थप क्षेत्रफलको बिस्तार गरी निर्यातको प्रशस्त सम्भावना भएको र यसबाट थप रोजगारी सिर्जना गर्न सकिने अवस्था रहेको छ ।

नेपालको निर्यातजन्य चिया अर्थोडक्स चिया हो र यसको निर्यात भारत, अमेरिका, नेदरल्याण्ड, जर्मनी र जापानमा हुन्छ ।

नेपालमा उत्पादन हुने अर्थोडक्स चियाको करिब ९५ प्रतिशत विदेश निर्यात हुने गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS