images
images
images

तनहुँका स्थानीय सरकारले ल्याए बजेट

images

दमौली १० असार ।
स्थानीय सरकाले सोमबार आगामि आर्थिक बर्ष २०८१÷८२ का लागि बजेट ल्याएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् ।
व्यासको बजेट २अर्व ४करोड ९
व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु २ अर्व ४करोड ९३ लाख ७६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरसभाको बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै उप प्रमुख इन्दिरा दरैले आगामी वर्षका लागि उक्त बजेट अनुमानित गरिएको बताइन् ।
विनियोजित बजेटमध्ये चालुतर्फ रु ९५ करोड ११ लाख ५६ हजार र पुँजीगततर्फ रु १ अर्व ९ करोड २० लाख २० हजार अनुमान गरिएको उप प्रमुख दरैलेले बताइन् । यसैवीच सोमबार नै तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको सभाहलमा सोमबार आयोजित ४१ औं नगरसभामा नगरप्रमुख वैकुण्ठ न्यौपानेले कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
म्याग्देको बजेट ६७ करोड
म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु ६७ करोड ४९ लाख २९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँसभाको दोस्रो बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बालकृष्ण घिमिरेले आगामी वर्षका लागि उक्त बजेट अनुमानित गरिएको उल्लेख गरे। विनियोजित बजेटमध्ये चालुतर्फ रु ४४ करोड ८४ लाख २९ हजार र पुँजीगततर्फ रु २२ करोड ६५ लाख अनुमान गरिएको घिमिरेले बताए. त्यसमध्ये चालुतर्फ रु ६६ दशमलब ४५ र पुँजीगततर्फ ३१ दशमलब ३१.५५ प्रतिशत विनियोजन गरिएको छ ।
भिमादको बजेट ६२ करोड
भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु ६२ करोड ४७ लाख १४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरसभाको बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै उप प्रमुख शारदा खनालले आगामी वर्षका लागि उक्त बजेट अनुमानित गरिएको बताइन । विनियोजित बजेटमध्ये चालुतर्फ रु ४३ करोड ४७ लाख ४९ हजार र पुँजीगततर्फ रु १८ करोड ९९ लाख ६५ हजार अनुमान गरिएको उप प्रमुख खनालले बताइन् ।
त्यसमध्ये चालुतर्फ रु ६९ दशमलब ५९ र पुँजीगततर्फ ३० दशमलब ४१ प्रतिशत विनियोजन गरिएको लेखा अधिकृत अजुर्न प्रसाद पौडेलले बताए ।
देवघाट गाउँपालिकाले  ४५ करोड ५८ लाख
देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि कूल बजेट ४५ करोड ५८ लाख ८८ हजार ५ सयको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाकाको चौधौं गाउँसभामा सोमबार गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले आगामी आर्थिक वर्षकोलागि सो बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा द्वारा गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न उक्त बजेट प्रस्तुत गरिएको गाउँपालिकाका उपाध्यक्ष गुरुङले बताए ।
भानुको बजेट ८५ करोड १६ लाख
भानु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु ८५करोड १६ लाख ७४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरसभाको बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै उप प्रमुख उमा गोतामेले आगामी वर्षका लागि उक्त बजेट अनुमानित गरिएको बताइन । विनियोजित बजेटमध्ये चालुतर्फ रु ६४ करोड ११ लाख ९१ हजार र पुँजीगततर्फ रु २१ करोड ४ लाख ८३ हजार अनुमान गरिएको उप प्रमुख गोतामेले बताइन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS