भिमाद
भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि रु ६२ करोड ४७ लाख १४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरसभाको बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै उप प्रमुख शारदा खनालले आगामी वर्षका लागि उक्त बजेट अनुमानित गरिएको बताइन ।
विनियोजित बजेटमध्ये चालुतर्फ रु ४३ करोड ४७ लाख ४९ हजार र पुँजीगततर्फ रु १८ करोड ९९ लाख ६५ हजार अनुमान गरिएको उप प्रमुख खनालले बताइन् ।
त्यसमध्ये चालुतर्फ रु ६९ दशमलब ५९ र पुँजीगततर्फ ३० दशमलब ४१ प्रतिशत विनियोजन गरिएको लेखा अधिकृत अजुर्न प्रसाद पौडेलले बताए ।
















