दमौली
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस सोमबार दमौलीमा भव्यरुपमा मनाईएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँको आयोजनामा उक्त दिवस उत्सवको रुपमा मनाइएको हो ।
दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दलित समुदायका व्यक्तिहरुले नाचगान सहित दमौलीको अनसन चौतारीबाट ¥याली निकाली व्यास नपा–३ स्थित मिलन तमु आमा समुहको भवनमा गई सभाको आयोजना गरेका थिए । ¥यालीमा सयौंको संख्यामा सहभागिता रहेको थियो ।
क्त सभामा बोल्ने वक्ताहरुले नेपाल सरकारले वि.सं २०६३ साल जेठ २१ गते सबै किसिमका विभेद र जातिय छुवाछुत उन्मुलन राष्ट्र घोषणा गरे पनि विभेद र छुवाछुत अझै व्यवहारमा लागु भईरहेको बताए । छुवाछुतमा संलग्नलाई कडा कानुनी कारवाही नगरेसम्म विभेद र छुवाछुत अन्त्य नहुने बताए ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँका संयोजक पुर्वमन्त्री डोवाटे विकको अधयक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधि सभाका सदस्य जिवन परियार, नेकपा एमालेका केन्द्रीय सदस्य सविता रसाईली, गन्डकी प्रदेश सभाका सांसद श्यामराजा महत, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिराज कडेंल, नेपाली काँग्रेसका उपसभापती देवकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मदन आले, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक विश्व बास्तोला लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि र दलित अगुवाहरुले सम्बोधन गरेका थिए ।
दिवसको अवसरमा सोमबार तनहुँका अधिकांश स्थानीय तहले सार्वजानिक बिदा दिएका थिए जिल्लाको व्यास नपा, भिमाद नपा, शुक्लागन्डकी नपा, भानु नपा, आबुँखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका, घिरिङ र ऋषिङ गाउँपालिकाले अत्यावश्यक स्वास्थ्य सेवा बाहेक स्थानीय तह अन्तर्गतका कार्यालय, सम्पुर्ण वडा कार्यालय, विद्यालय तथा संघ संस्थामा सार्वजानिक बिदा दिएका थिए ।