
तनहुँ
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तारका क्रममा दमौली क्षेत्रमा करिब ९ सय मिटर लम्वाईमा ६ लेनको सडक बन्ने भएको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार आयोजना पुर्व खण्डका प्रमुख श्याम कुमार यादवले बताए । विस्तारका क्रममा दुुवै तर्फ ७–७ मिटर मिटरको दुई लेनको सडकको निर्माण हुने छ भने वीचमा ३ मिटरको डिभाइडर हुने प्रमुख यादवले बताए । त्यसपछि दुवै तर्फको २ दशमलव ५ मिटरको फुटपाथको निर्माण हुने छ । फुटपाथ पछि दुवै तर्फ ६ मिटरको सर्भिस ट्याक सडक हुनेछ । त्यसपछि दुवै तर्फ १ मिटरको नाली हुने छ । नालीपछि फेरी २ मिटरको फुटपाथ निर्माण हुने आयोजना प्रमुख यादवले बताए ।
पृथ्वीराजमार्ग गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ ।
पूर्वी खण्डमा ४१ दशमलव ४५ किलोमिटर दूरीमा निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । पुर्वी खण्डमा आँबुखैरेनी देखी व्यास–१ अम्रेनी सम्म सडकका धेरै जसो स्थानमा कालोपत्रेको काम सकिएको छ । तर दमौली खण्डमा घरभत्काउन ढिलाई गर्दा कालोपत्रेको काम हुन सकेको छैन् । भित्ता कटिङ्ग,सडक चौडा, वाल, कल्र्भड र पुल निर्माण लगायत काम पनि भइरहेको छ । पश्चिम खण्डमा ३८ दशमलव८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सडक हुने आयोजनाले जनाएको छ ।
सडकको क्षेत्राधिकार २५ मिटर
सडको अधिकार क्षेत्र २५ मिटर भएको श्याम कुमार यादवले बताए । पृथ्राजमार्गको एक मिलटिर पनि मापदण्ड परर्वतन नभएको उनले बताए । एडविको ऋण सहयोगमा काम भएकाले एडिविको सेफगार्ड पोलिसको आधारमा मात्र राजमार्ग अतिक्रमण गर्नेहरुले क्षतिपूर्ती पाएको बताउँदै नेपाल सरकारको आन्तरीक श्रोत भएको भए एक रुपयाँ पनि क्षतीपुर्ती नपाउने समेत यादवले बताए । सडको मापदण्ड २५ मिटर भएपनि अहिले २३ मिटरमा मात्रै सडकको काम हुने उनले स्पष्ट पारे ।
कसरी होला ढल ब्यवस्थापन
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तारका क्रममा दमौलीमा छ लेनको सडक भएपनि ढल ब्यवस्थापन नहुने भएको छ । राजमार्गमको क्षेत्राधिकार भित्र अड्डा जमाएर बसेका अधिंकास घरेवेटीले एकातर्फ घर भत्काउन चासो दिएका छैनन् भने अर्को तर्फ भत्काएकाहरुले पनि पुरा मापदण्ड खाली गराएका छैनन् । ६ लेनको सडकमा नाला भएपनि घरवेटीले नालामा ढल मिसाउन नपाउने सडक आयोजनाका प्रमुख श्यामकुमार यादवले बताए । सडकले तयार गरेको नाला बन्द किसिमको छ । जहा घरको वाथरुम लगायतको स्थानबाट निस्कीएको पानीको ब्यवस्थापन गर्न मिल्दैइन् आयोजना प्रमुख यादवले स्पष्ट पारेका छन् । अहिले घरधनीले २३ मिटर खाली गराएका छन् ।
खाली गराएको स्थानमा सडकको संरचना बन्ने भएपछि ढल ब्यवस्थापनका लागि ठाउँ समेत अभाव हुने भएको छ । राजमार्ग विस्तारका क्रममा अहिले भएको भन्दा सडकको उचाई बढ्न सक्छ । ढल ब्यवस्थापन पनि नहुने उचाई बढ्दा बर्षादको समयमा घरहरु डुवानमा पर्न सक्ने सम्भावना रहेको छ ।