दमौली १३ माघ
व्यास नगरपालिका–१ चारकुने स्थित जलेश्वर जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई कार्पेट तथा पर्दा सहयोग प्राप्त भएको छ । सोही वडा निवासी मदन बानियाँले उक्त केन्द्रलाई सहयोग गरेका हुन् । स्व.पिता देउबहादुरको स्मृतिमा केन्द्रका अध्यक्ष गणेश जिसीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । केन्द्रका सदस्य बानियाँले निधन हुन अघि केन्द्रलाई सहयोग गर्छु भन्नुभएको सपना छोराले पूरा गरिदिनु भएको अध्यक्ष जिसीले जानकारी दिए ।
स्व.बानियाँका छोरा मदनबाट कार्पेट,पर्दाका साथै दश वटा कुर्सी समेत सहयोग गर्ने आश्वसन पाएको केन्द्रका सचिव रामकृष्ण सापकोटाले जानकारी दिए । सहयोगदाता बानियाँबाट रु.२५ हजार बढीको सामाग्री सहयोग प्राप्त भएको केन्द्रका कोषाध्यक्ष रामदत्त तिवारीले जानकारी दिए । उक्त केन्द्रमा जेष्ठ नागरिकहरु जमघट भई भजनकीर्तनका साथै धार्मिक प्रवचन गरी समय बिताउने गरेका छन् ।