तनहुँ ।
तनहुँ क्षेत्र नं. १ का सांसद एवं रास्वपाका कार्यवाहक सभापति डा.स्वर्णिम वाग्लेले अर्थतन्त्रको सुधार र बेथितिको अन्त्यको लागि युवाहरुको हस्तक्षेप जरुरी रहेको बताए । तनहुँको दमौलीमा तनहुँ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन आयोजना गरिएको कार्यक्रममा वाग्लले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले कोभिड पछि देखिएको अनेकन असहजता आएको बताएका छन् । सहकारीमा देखिएको बेथिति, युवाहरुको विदेश पलायनले गर्दा पनि बजार साँगुरिदै मागको संकुचन आएको बताए । वाग्लेले सरकारका गलत नीतिका कारण देश दुर्गतिमा गएको कारण व्यापारी व्यवसायीको अवस्था पनि सुध्रन नसेकेको बताए ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बैकुण्ठनाथ मिश्र, अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष ईमकुमार मल्ल,प्रथम उपाध्यक्ष कुमार मल्ल, द्वित्तिय उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुलाई पदस्थापन गराउनुका साथै शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरै बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुगं प्रमुख जिल्ला अधिकारी, जर्नादन गौतम, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि अवदेश विष्ट, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पर्व अध्यक्षहरु मानकाजी श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, मोहनकुमार बि.क. लगायतकाले उद्योगी व्यवसायीले भागेका समस्याका बारेमा बोलेका थिए ।