images
images
images

सहकारी संचालक समिति र कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

images

तनहुँ
व्यास नगरपालिका २ दमौली स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी संचालक समिति र कर्मचारीलाई शुक्रबार क्षमता अभिवृद्धि तालिमप्रदान गरेको छ ।

सहकारी संस्थालाई समयानुकुल वित्तिय सुधार र शेयर सदस्य मैत्री बनाउने उद्धेश्यले प्रदान गरिएको तालिममा घर जग्गाको धितो मुल्यांकन विधिको बारेमा ईन्जिनियर रविन्द्रलाल मुल र सहकारी संचालन मापदण्ड बारेमा नेफ्स्कुन खैरेनीटार शाखा प्रमुख दिपक आचार्यले प्रशिक्षण दिए ।

धितो लिदाँको बेला अपनाउनु पर्ने सावधानीहरु, जोखिमका क्षेत्रहरु र सहकारीले अपनाउनुपर्ने वित्तिय सुधारहरुको बारेमा प्रशिक्षण दिईएको सहकारी संस्था लि.का तालिम संयोजक प्रताप पण्डितले बताए ।

तालिममा सहकारी संचालक समिति, लेखा समिति, ऋण लगानी उप समिति लगायत कर्मचारी गरी २५ जना सहभागी थिए । स्थापनाको ३ बर्षमै वित्तिय सुधारको लागिउद्यमशील बचत तथा ऋण सहकारी संस्था लि.ले गरेका कार्यहरु आशालाग्दो रहेको नेफ्स्कुन खैरेनीटार शाखा प्रमुख दिपकआचार्यले बताए ।

उक्त सहकारीले आफ्ना शेयर सदस्यहरुकालागि मोवाईल एप्सबाट मुलुकभित्रका जुनसुकै बैंकमा सजिलै रकम ट्रान्सफर गर्न र बैंकबाट उद्यमशील बचत तथा ऋण सहकारी संस्थामा रहेको खातामा रकम पठाउन सकिने प्रवन्ध गरेको छ ।

क्लाउड वेशमा संचालित यस सहकारीले नीति, विधि र प्रविधिलाई आत्मा साथ गर्दै तनहुँमै छुट्टै पहिचान बनाउन लागि परेको सहकारी संस्था लि.का अध्यक्ष ईन्द्रलाल श्रेष्ठ विकल्पले बताए । सहकारी काव्यवस्थापक सन्दिप गुरुङ, सचिव पूर्ण विके, शेयर सदस्यतथा व्यास नगरपालिका वडा नम्बर ३ का वडा सदस्य विनु श्रेष्ठ लगायतले तालिम फलदायी भएको बताएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS