images
images
images

पोखरा हाइवे रेष्टुरेन्ट एण्ड खाजा घरले बढी मुल्य राखेर उपभोक्तालाई ठगी

images

तनहुँ
म्याग्दे गाँउपालिका गुणादीमा रहेको पोखरा हाइवे रेष्टुरेन्ट एण्ड खाजा घरले उपभोग्य समानहरुमा बढी मुल्य लिर्ई उपभोक्तालाई ठगी गर्ने गरेको भेटीएको छ ।
बिशेष सुचनाका आधारमा तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कासीराम गैह्रेको नेतृत्वमा गएको टोलीले सो होटलमा बिभिन्न खाद्य सामग्रीहरुको अंकित मुल्य भन्दा बढी मुल्य लिएर ठगी गर्ने गरेको पाइएको हो । होटलमा विक्रीका लागि राखिएका खाद्य समाग्रीहरुमा कम्पनीले राखेको अधिकत्म मुल्य मेटाएर आफैले बढी मुल्यको स्टिकर कायम गरेर विक्री गर्ने गरेको भेटीएको हो ।

होटलमा विक्रीका लागि राखिएको बदाम विस्कुट,पाउरोटी, केक, आलुचिप्स, दुनोट, मैकै ,भट्ट जस्ता खानेकुरामा कम्पनीको अधिकत्म मुल्य लेखिएको स्थानमा नयाँ मुल्य सुची टाँसेर विक्री गर्ने गरेको भेटीएको साहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
विक्रीका लागि राखेका समानका १० रुपयाँ देखी ६० रुपयाँ सम्म बढी मुल्य लिएको भेटिएको थियो । सो होटलबाट बढी मुल्य राखिएका केही सामानहरु अनुगमन टोलीले नियन्त्रणमा लिएर आएको छ ।

 

 

कम्पनीको अधिकत्म मुल्य मेटाएर बढी मुल्य राख्ने ब्यापारीलाई अनुसन्धान गरेर आवश्यक कानुनी कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी गैह्रले बताए । अनुगमन टोलीमा म्याग्दे गाँउपालीकाका अधिकृत श्रीराम खनाल,पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली लगायतको संयुक्त टोलीले होटलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा स्थानीय उत्पादनमा आफुले छुट्टै मुल्य राखेर विक्री गरेको होटल संचालक अर्जुन रानाभाटले बताए ।
स्थानीय समान घाटा पर्ने भएकाले यस्तो गरेको होटल संचालक रानाभाटले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS