images
images
images

घट्यो ग्यासको मूल्य

images

काठमाडौं । भारतमा आजबाट व्यावसायिक ग्यास सिलिन्डरको मूल्य घटेको छ । सरकारले व्यावसायिक ग्यास सिलिन्डर (१९ केजी) मा १५८ भारतीय रुपैयाँ मूल्य घटाएको हो ।

जसका कारण दिल्लीमा १९ किलोको सिलिन्डरको मूल्य १६८० रुपैयाँबाट घटेर १५२२ भारतीय रुपैयाँ (२ हजार ४३७ नेपाली रुपैयाँ)मा झरेको छ ।

साथै भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी)सिलिन्डरको मूल्यप्रति सिलिन्डर २ सय भारु घटाएको छ ।

बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको थियो।

अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँ (१ हजार ४४४ नेपाली रुपैयाँ) मा उपलब्ध हुनेछ ।

यता नेपालमा भने एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर दुई सय ३५ रुपैयाँले बढेको छ ।

images