आँबुखैरेनी
आबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयका लागि दुईवटा बस खरिद गरेको छ ।
पालिकाको आन्तरिक स्रोतबाट २ वटा ४१ सिटर स्कुल बस गाउँपालिकाले खरिद गरेर गाँउपालिकामा ल्याएको हो । पालिकाले खरिद गरेको बस वडा न १ चन्द्रोदय मा बि समस्तिपुर र वडा न २ अकला निमाबि लार्इ हस्तान्तरण गर्ने पालिकाले जनाएको छ । वडा नं. ६ को लागि पालिकाले सवारी साधन भाडमा लिएर विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ । पालिकालेले सामुदायिक विद्यालय सुधार अभियान संचालन गरिहेको पालिका अध्यक्ष शुक्र चुमानले बताए ।
विद्यालयहरुलाई सवलिकरण गर्ने अभियान अन्र्तगत बिभिन्न कार्यक्रम अन्र्तगत संचालन गरिदैँ आएको चुमानले बताए । यस अघि नै आँबुखैरेनीमा जनप्रतिनिधिहरुले आफ्ना सन्ततीलाई सामुदायिक विद्यालयमा भर्ना गराएर अध्यापन गराएका छन् ।















