damuli hospatail

२४ मंसिर २०८०, आईतवार

बन्दीपुरका आधारभूत सामुदायिक विद्यालयका शिक्षक अंग्रेजी भाषामा पढाउन कम्जोर

तनहुँ
बन्दीपुर गाउँपालिका भित्र रहेका आधारभूत विद्यालयका अधिकाँश शिक्षकले अंग्रेजी माध्यमबाट पढाउन नसक्ने गरेको खुल्न आएको छ । नेपाली र सामाजिक बिषय बाहेक अन्य बिषयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्नुपर्ने भएपनि त्यो संम्भव नदेखिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
अधिकाँश शिक्षकले अंग्रेजी माध्यमबाट पढाउन नसक्ने हुँदा गाउँपालिकाले क्लास रुम ल्याङग्वेजलाई प्राथामिकता दिएको उनले बताए ।
आधारभूत तहका शिक्षकले अंग्रेजी सरर बोल्न सक्नुपर्छ भन्ने उद्देश्यले एक हप्ते क्लास रुम ल्याङग्वेज तालिम प्रदान गर्न लागेको उनले बताए । गुणस्तर शिक्षाका लागि पढाईलाई नोक्सान नहुने गरी चरणबद्ध तरिकाले तालिम गर्ने योजना बनाइएको छ,उनले भने आगामी भदौ २०÷२१ बाट शुरु गर्ने तयारी गरिएको छ ।
बन्दीपुरमा छ मावि र पच्चीस वटा आधारभूत विद्यालय रहेका छन् । त्यसैगरी गाउँपालिकाले कार्य सम्पादनको सम्झौताको भदौ २२ गतेबाट परीक्षा गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
कार्य सम्पादन सम्झौता विद्यालय प्रधानाध्यापकसंग र प्रधानाध्यापकले शिक्षकसंग सम्झौता गरेको छ । चौमासिक परीक्षाको आधारमा बिषयगत उपलव्धि फाराम भरेर सबै शिक्षकले कक्षागत रुपमा राख्नुपर्छ । उक्त कार्यलाई बन्दीपुर गाउँपालिकाले अनिवार्य गरेको छ ।
बिषयगत उपलव्धि निकाल्ने फाराम कुन शिक्षक कुन बिषयमा कति कमजोर छ भन्ने कुराको जानकारी उक्त फाराम भरेपछि जानकारी पाउन सकिने उनले बताए ।
त्यस्ता शिक्षकलाई एक विद्यालयबाट अर्को सरुवा गरिदिने सोच बनाएको गाउँपालिकाले जनाएको छ । गुणस्तर शिक्षाको लागि बैशाख महिनाबाट लागू हुने गरी कडाई गरिएको र अनुगमन कार्यको समेतको तयारी भैरहेको अध्यक्ष थाापले बताए ।
कक्षागत शिक्षक नपुगेका विद्यालयमा गाउँपालिकाले शिक्षक व्यवस्था गर्दै जाने योजना बनाएको छ । शिक्षा क्षेत्रमा ठुलो लगानी भएकाले गुणस्तरीय शिक्षालाई जोड दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

sukala