damuli hospatail

२४ मंसिर २०८०, आईतवार

निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गरेको छ । यससंगै अब निजी कम्पनी पब्लिकमा रुपान्तरण हुनेबित्तिकै आईपीओ जारी गर्न पाउने छन् ।

हाल आईपीओ निष्काशन गर्न पब्लिक लिमिटेडमा रुपान्तरण भएको दुई वर्ष पुग्नु पर्ने व्यवस्था छ । संशोधित नियमावली लागू हुने भएपछि कम्पनीहरुलाई आईपीओ निष्काशन गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

sukala