
काठमाडौं, नेपाल इको प्यानलले खेर गएको थर्माेकोलको प्रयोग गरेर इको प्यानलको उत्पादन थालेको छ ।
व्ल्यु वेष्ट टु भ्यालु नामक संस्थाले संकलन गरेकाे थर्माेकोललाई रिसाइकल गरि केही निश्चित प्रतिशत प्रयोग गरी नेपाल इको प्यानल बनाएर फोहोरलाई मोहर बनाउन थालेको हो ।
म्युनिसिपल वेष्टको रुपमा रहेका थर्माेकोलको सदुपयोग गरी नेपाल इको प्यानलले फोहोरको समस्यालाई समाधान मात्रै नगरी उपयोगीसमेत बनाएको हो । बताइए अनुसार इको प्यानल उत्पादनमा थर्माेकोल पनि आवश्यक हुन्छ ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओं) इन्जिनियर कृष्णभक्त दुवालले आफू वातावरण विज्ञानको पनि विद्यार्थी र निर्माण सामाग्रीमा हरित क्रान्ति आवश्यक भएको भनेर लविंग गरेर हिडेकोले वातावरण प्रदूषण हुनबाट जोगाउन यसो गरिएको बताए ।
एकातिर फोहोरको समस्या समाधान हुने र अर्काेतिर समस्या बनेको सही सदुपयोगले दोव्वर फाइदा पुगेको उनको भनाई छ । निर्माण सामाग्री इको प्यानलको उत्पादन गर्दा सक्दो वातावरणलाई नकारात्मक प्रभाव नदिने उनको भनाई थियो ।
एकातिर वातावरण विनास नगर्ने र अर्काेतिर निर्माण सामाग्री कारखानाबाट उत्पादनको क्रममा वातावरण प्रदूषण गर्न नदिने जस्तै धुवा ननिकाल्ने, फोहोर ननिकाल्नेलगायतका उपायबाट आफूले इको प्यानलको उत्पादन गर्दै गरेको उनी बताउँंछन् ।
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।