मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आज साउन २८ गतेदेखि सर्बसाधारण हरुका लागि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेपछि अब सर्बसाधारण लगानीकर्ताहरुको लागि आइपिओ बिक्री खुल्ला गरेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा पूर्ण आवेदन नपरेर बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता शेयर थप गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपिओमा साउन २८ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने पूर्ण आवेदन नपरेमा निष्काशन प्रक्रिया भदौ १० गतेसम्म लम्बिनेछ। कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।