नेप्सेमा आज साउन २५ गते घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावर गरि ३ कम्पनीको आइपिओ सुचिकृत भएको छ।
१.घोराही सिमेन्ट
नेप्सेमा घोराही सिमेन्टको ७९ लाख ४३ हजार ८०१ कित्ता साधारण शेयर र ३,१७,७५,२०५ कित्ता संस्थापक गरि कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर सुचिकृत भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो। नेप्सेले कम्पनीलाई २२६.६१ रुपैयाँ देखि ६७९.८३ रुपैयाँ सम्मको ओपनिङ्ग रेञ्ज र GCIL कारोबार संकेत दिएको छ।
२.थ्रीस्टार हाइड्रोपावर
थ्रीस्टार हाइड्रोपावरको १२,३१,२५० कित्ता साधारण शेयर र ३६,९३,७५० कित्ता संस्थापक समुहको गरि कुल ४९ लाख २५ हजार कित्ता शेयर सुचिकृत भएको छ। नेप्सेले कम्पनीलाई ८५.६५ रुपैयाँ देखि २५६.९५ रुपैयाँ सम्मको ओपनिङ्ग रेञ्ज र TSHL कारोबार संकेत दिएको छ।
३.अपर स्याङ्गे
अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको ८,७०,००० कित्ता साधारण शेयर र १३,३०,००० कित्ता संस्थापक समुहको गरि कुल २२ लाख कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ। नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ८४.५४ रुपैयाँ देखि २५३.६२ रुपैयाँ सम्मको ओपनिङ्ग रेञ्ज र USHL कारोबार संकेत दिएको छ।
copy- nepsealpha