तनहुँ
२९ औंं विश्व आदिवासी जनजाति दिवस तनहुँमा विविध कार्यक्रम गरी मनाएको छ । । नेपाल आदिवासी जनजाति महासंघका पालिका स्तरका बिभिन्न समितिहरुको आयोजनाहरुमा तनहुँका बिभिन्न स्थानमा ¥याली,सभा सहितका बिभिन्न कार्यक्रम गरेर दिवस मनाइएको होे । सो अवसरमा विविध सांस्कृतिक तथा वैचारिक कार्यक्रमको आयोजना गरीएको थियो ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा तनहुँका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभुषा सहित प्रर्दशन गरिएको थियो ।
महासंघले यस वर्ष ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं’ भन्ने राष्ट्रिय मूल नारा तय गरिएको थियो । यस वर्ष संयुक्त राष्ट्र संघले २९ औंं विश्व आदिवासी दिवसको सन्दर्भमा ‘आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको थियो ।
दिवसको सन्दर्भमा महासंघसँगमा आबद्ध विभिन्न जातीय संस्थाहरू तथा सम्बद्ध संगठनहरूद्वारा विविध कार्यक्रम गरेका थिए । दिवसका अवसरमा तनहुँका १० वटै स्थानीय तहमा सावजनकि बिदा समेत दिएको थियो ।