भानु
राष्ट्रिय विभुती आदीकवी भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक एवं रमणीय पर्यटनको गन्तब्यका रूपमा विकासका लागि चुँदीका स्थानीयहरु छलफलमा जुटेका छन् ।
चुँदी रम्घा भानु अभियानले राष्ट्रिय विभुती आदीकवी भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक एवं रमणीय पर्यटनको गन्तब्यका रूपमा विकास गर्नका निमित्त केही पहल कदमी अगाडि बढाएको छ ।
चुदी रम्घाका स्याथानीयहरुले आदिकवि भानुभक्त आचार्य सग सम्वन्धित स्थलहरुको खोज एवरु अनुसन्धान गरी सो स्थानको संरक्षण, सम्बर्धन एबम पुनर्निर्माण लागि छलफल कार्य शूरु गरिएको अभियन्ता राजिव श्रेष्ठले बताए ।
भानु नगर प्रमुख आनन्दराज त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यकममा अभियन्ता राजिव श्रेष्ठले कार्यकंमको उद्देश्य माथी प्रकास पार्दै चुदी रम्घामा रहेको आदिकबी भानुभक्त आचार्यको अर्धकदको सालिक भएको स्थानमा पुननिर्माण गर्नको लागि तयार पारीएको पस्तावित थ्रिडी नक्सा सहितको प्रस्तुती गरेका थिए ।
भानु ५ का वडा अध्यक्षा नहकुल अधिकारी, नेपाली कांग्रेसका जिल्ला सचिव सहदेव अधिकारी, नोपली कांग्रेस भानु नगर सभापती रामकुमार श्रेष्ठ समाजसेवी इन्दु ढकाल भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्त कार्यकारी निर्देशक शकर रानाभाट लगायतले सुझाव सहितको मन्तव्य राखेका थिए ।
राष्ट्रिय विभुती आदीकवी भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक एवं रमणीय पर्यटनको गन्तब्यका रूपमा विकासका लागि चुँदीका स्थानीयहरु बिभिन्न चरणमा छलmलमा जुटेको स्थानीय सन्देश अचार्यले बताए ।