images
images
images

मालपोत कार्यालय तनहुँमा राजश्व घट्यो,आब ०७९÷०८० मा रु।तीस करोड चौरासी लाख मात्रै राजश्व संकलन

images

तनहुँ २४ साउन
मालपोत कार्यालय तनहुँमा आर्थिक बर्ष ०७९÷०८० मा राजश्व संकलनमा कमी आएको छ । गत आर्थिक बर्ष ०७८÷०७९ को तुलनामा रु।तेह्र करोड त्रियासी लाख चौराहत्तर हजार छ सय दश कम राजश्व संकलन भएको हो ।
कार्यालयले आर्थिक बर्ष ०७९÷०८० रु.तीस करोड चौरासी लाख तीन हजार चौवन्न राजश्व संकलन गरेको जनाएको छ ।
गत आर्थिक बर्ष ०७८÷०७९ मा रु।चौवालिस करोड अट्सठ्ठी लाख चार हजार छ सय चौसठ्ठी राजश्व संकलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टिकाराम शर्मा घोरासाइनेले जानकारी दिए ।
आर्थिक बर्ष ०७९÷०८० मा रजिष्टे«शन दस्तुरबाट रु।पन्ध्र करोड असी लाख पाँच हजार चार सय सत्र,पूँजीगत लाभकर रु।एघार करोड उनान्नचालिस लाख सन्ताउन्न हजार पन्ध्र,रोक्का दस्तुर धितो समेत गरी रु।तीन करोड अठ्ठार लाख सत्तरी हजार राजश्व संकलन भएको छ ।
त्यसैगरी,नामसारी संशोधनबाट रु। बैसठ्ठी लाख अटसठ्ठी हजार आठ सय सत्र,अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर रु।एघार हजार आठ सय पाँच राजश्व संकलन भएको छ ।
उनका अनुसार राजीनामा लिखत पाँच हजार तीन सय पचास र धितो लिखत चार हजार पाँच सय असी पास भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको उनले जानकारी दिए ।
संकलित राजश्वमध्ये पूँजिगत लाभकर राजश्व बापत संकलन भएको रु।एघार करोड उनान्नचालिस लाख सन्ताउन्न हजार पन्ध्र संघीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए ।
बाँकी रहेको राजश्व रकममा ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइने व्यवस्था रहेको छ,उनले ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS