images
images
images

चितवन जिल्लाको दररेट सार्वजनिक स् कामदारको ज्याला बढ्यो, फलामे डण्डि र सिमेन्टको मूल्य घट्यो

images

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०८०र८१ को जिल्ला दररेट सार्वजनिक गरेको छ । कामदार र निर्माण सामाग्रीको दररेट अनुसार कामदारको ज्याला बढेको छ भने फलामे डण्डिको मूल्य घटेको छ । त्यस्तै, सडक कालोपत्रे गर्ने बिटुमिनको मूल्य स्थित राखिएको छ ।

अदक्ष कामदारको दैनिक पारिश्रमिक ८०० रुपैयाँ पुर्‍याइएको छ । गत आव २०७९र८० मा ७६५ रुपैयाँ थियो । इलेक्ट्रिसियनको पनि दैनिक पारिश्रमिक ८०० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै ल्याब टेक्निसियन ९प्रमाणपत्र तह उत्तिर्ण गरी पाँच वर्ष स्वायल टेष्टमा अनुभव भएको०को दैनिक पारिश्रमिक १४ सय रुपैयाँ पुगेको छ । गत आवमा १३ सय ५० रुपैयाँ थियो ।

फलामे डण्डि टोरकारी ९४।७५ र ७ मिमि०को मूल्य प्रति केजी ९३ रुपैयाँ निर्धारण गरिएको छ । गत आवमा यसको मूल्य प्रति केजी ९६ रुपैयाँ थियो । त्यस्तै, फलामे टिएमटी डण्डिको दररेट प्रतिकेजी तीन रुपैयाँले घटाइएको छ । वायरको दररेट भने स्थिर छ ।

त्यसैगरी, ५० केजीको पिपिसिरपिएससी सिमेन्टको मूल्य प्रति बोरा ३० रुपैयाँले घटेर ५८० रुपैयाँ कायम भएको छ । गत आवमा प्रति बोराको दररेट ६१० रुपैयाँ थियो । ५० केजीको ओपीसी सिमेन्टको दररेट प्रति बोरा ७०० रुपैयाँ कायम भएको छ । यसअघि यसको मूल्य ७३० रुपैयाँ थियो । सबै किसिमका बिटुमिनको दररेट स्थिर राखिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS