images
images
images

मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते

images

९ साउन, चितवन । नारायणगढ(मुग्लिन सडकखण्डमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका २९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक ठोक्किएका हुन् ।

 

घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको पण्डितले बताए ।

बस चालकको खुट्टा च्यापिएको निकाल्न केही समस्या भएको पण्डितले जानकारी दिए ।

ठोक्किएका दुवै सवारी साधानलाई क्रेनको सहायताले सडक छेउमा राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

images