images
images
images

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना, एक्सन प्लानसहित सर्कुलर

images

काठमाडौँ । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो ।
यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भुमिका बारेमा स्पष्ट पारिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए ।

‘डेंगुको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौं । यो वर्षको कार्ययोजना बनीसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने रु उपचारमा केके गर्ने रु स्थानीय तहको भुमिका के हो रु रेडक्रसको भूमिका के हो रु भन्ने विषय समेटेका छौं’, उनले भने, ‘कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौं । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं । बढी जोखिम भएका ठाउँहरु काठमाडौं ललितपुर,भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरुसंग बसेर कार्यक्रम गरिसकेका छौं । उच्चस्तरीय डेंगु नियन्त्रण कमिटीमापनि छलफल गरेर निर्णयहरु गरेका हौं ।’

डा। मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको बताए । उनले पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गरे । उनले भने, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ ।’

मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय भइरहेको पनि बताए । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरुको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए ।
लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताए । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको उनको भनाइ छ । लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले मनसुन बढेसँगै डेंगुका बिरामीको संख्या बढेको बताए । डा।मरासिनीले डेंगु रोकथाममा सरकार गम्भीर भएर लागेको बताए ।
लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिकमा सचेतना पु(याउनुपर्ने पनि उनको भनाइ छ । डेंगु सरुवा रोग भएकाले आफ्नो ठाउँबाट सबैले सचेत भएर लाग्नुपर्ने उनले बताए । उनले अस्पतालहरु पनि शतर्क र सुदृढ हुन जरुरी रहेको बताए । ‘डेंगु रोकथाम नै नभएको भन्ने त होइन । यो सरुवा रोग हो । हामीले यसमा काम गरेनौं भने विकराल अवस्था आउँछ थाम्नै नसक्ने अवस्था आउँछ । अपेक्षाकृत रुपमा केस बढ्दै जानु भनेको हामी पनि सजग हुनुपर्छ र रोकथाममा काम गर्नुपर्छ भन्ने हो । अस्पतालहरु पनि सुदृढ हुन जरुरी छ । उपचार पनि सहज हुन जरुरी छ । बिरामीहरुलाई रगतको अभाव हुन दिनु हुँदैन । डेंगुको रोकथाममा स्थानीय तह र आम मानिसको योगदान नै बढी हुने हुनाले जबसम्म उहाँहरु सचेत हुनुहुन्न, डेंगु बिरामी सार्ने लामखुट्टेको वृत्ति विकास कसरी हुन्छ रु र, लामखुट्टेलाई कसरी हामीहरुले नियन्त्रण गर्ने भन्ने विषयमा आम जनताहरुको सचेतना पुग्दैन । तवसम्म नियन्त्रणको काम जटिल हुन्छ’ उनले भने ।

डेंगु संक्रमणको पछिल्लो अवस्थाबारे न्युज एजेन्सी नेपालीसँग कुरा गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गर्नुपर्ने बताए । डा।पुनले डेंगु रोकथाममा केन्द्र सरकारले नेतृत्वदायस् भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै डेंगुको संक्रमण थप फैलिनबाट रोक्न सकिने बताए ।

सामान्यतया डेंगु वर्षा र वर्षापछिको समयमा बढी देखिन्छ । नेपालमा सन् २००४ मा डेंगु संक्रमण पुष्टि भए यता लगातार बढीरहेको छ । गत वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी मानिस डेंगुबाट संक्रमित भएका थिए । डेंगु संक्रमण तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि केही केसहरु देखिने गरेको पुनले बताए ।

डेंगुले केही समययता प्रकोपको रुप लिइरहेको र आगामी वर्ष झनै जोखिम बढ्ने डा।पुनको भनाइ छ । उनले भने, ‘सन् २००४ मा सर्वप्रथम एक जनामा डेंगु देखियो । तत्पश्चात हरेक दुई तीन वर्षको अन्तरालमा यसले प्रकोपको रुपमा लिइरहेको छ । आगामी वर्षपनि डेंगुको जोखिम हुने तथ्याङ्कहरुले देखाइरहेका छन् ।’

लामखुट्टेको वृत्ति विकास र यसको प्रसारण, भौगोलिक रुपमा बसाइसराई गर्दै गएर नयाँनयाँ ठाउँमा पुग्यो भने त्यो अझ जटिल अवस्था हुन सक्ने पुनले बताए । डेंगु संक्रमण भइहाले र लक्षण देखिहाले चिकित्सकको परामर्श लिनुपर्ने उनको भनाइ छ । डेंगु संक्रमण भइहाले ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिने उनले बताए ।
डेंगु लागेपछि घरमा बसेर पनि आराम गर्न सकिन्छ । तर चिकित्सक वा अस्पतालमा सम्पर्क गरेपछि रगतको जाँच गर्नुपर्ने हुन्छ । एक हप्तापछि रगतमा देखिने उतारचढाव सुधार भएर जाने गर्छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS