images
images
images

आदिवासि जनजातिका समुदाय सँग लक्ष्मी बैंकको बित्तिय साक्षरता

images

दमौली
लक्ष्मी बैंक दमौलीले आदिवासि जनजातिका समुदाय लाई बित्तिय साक्षरता कार्यक्रम गरेको छ । लक्ष्मी बैंक दमौलीको आयोजना तथा तनहुँ जिल्ला आदिवासि जनजाति संघको संयोजनमा भएको कार्यक्रममा लक्ष्मी बैंक दमौली शाखा प्रमुख सुमन तिमिल्सिना बैंक भनेको के हो लगायतका बिषयमा साक्षर गराएका थिए ।

२१ वटा क बर्गका बैंक मध्ये लक्ष्मी बैंक एउटा रहेको भन्दै तिमिल्सिनाले घर व्यवहार, ब्यबसाय लगायतका बिषयमा बैंक सँग समन्वय गर्दा राम्रो हुने बताए । ग्राहकले राखेको पैसा लाई बैंकले व्याज दिने र बैंक बाट लिएको पैसाको बैंक ले व्याज लिने उनले बताए । पहिले बचतको सुनिश्चित गर्ने र मात्रै खर्च गर्ने गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा आदिवासि जनजाति महासंघ तनहुँका अध्यक्ष सुजित हिराचनले हरेक व्यक्तिलाई बचत महत्त्वपूर्ण भएको बताए । कार्यक्रममा जनजाति महासंघका पुर्व अध्यक्ष बसुन्धरा घर्ती , दिर्घ दरै ,ताराप्रसाद श्रेष्ठ , यमबहादुर आले , ताराराम श्रेष्ठ , बरिस्ठ उपाध्यक्ष नन्दु थापा लगायतको उपस्थिति रहेको कोशाध्यक्ष क्याप्टेन तारालाल मल्लले बताए । साक्षरता कार्यक्रममा लक्ष्मी बैंकका केशर थापा र दिवाकर भट्टराईले सहजिकरण गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS