images
images
images

एशियन लाईफद्वारा वृद्व आश्रममा सहयोग

images

तनहुँ
जेष्ठ नागरिक चौतारि वृद्धाआश्रमा रहेका वृद्ध बृद्वालाई एशियन लाईफ ईन्योरेन्स कम्पनी लिमिटेडको १५ ओ वार्षिक उत्सवको अवसरमा मगलवार दमौली शाखाले खाधान्य तथा फलफुल वितरण कार्य सम्पन्न गरेको छ ।

व्यास ५ तनहुँमा अवस्थित सो आश्रममा रहेका बृद्व वृद्वालाई कम्पनिको तर्फबाट सामाजिक उतरदायित्व अन्तरगत फलफूल र खाद्यन्य वितरण गरिएको शाखा प्रवन्धक बिनोद सुवेदीले बताए । आश्रममा रहेका ९ जना आमा, बुवालाई सम्मान सहित सामाजिक सेवा अनुसार फलफूल र खाधान्य वितरण गरेको शाखा सम्वन्धक प्रवन्धक चन्द्रमा ढकालले बताईन ।

आश्रमका अध्यक्ष तारानाथ घिमिरेले बृद्वलाई सम्झेर परोपकारी कार्य गरनुभएकोमा सस्थालाई धन्यवाद दिएका थिए । सो कार्यक्रममा सगिता अधिकारी,स्वस्थि उपरकोटि, अभिकर्ता दिलवहादुर आले,ममता वस्नेत लगायत सहभागी भएका थिए ।

images