images
images
images

तनहुँ कालिका मन्दिरमा भक्तजनको भिड

images

अन्जनराज न्यौपाने
चैते दशैको अवसरमा तनहुँको ऐतिहासिक प्रसिद्ध धार्मिक पर्यटकीय तिर्थ स्थल तनहुँ कालिकामा दशर्नार्थीहरुको घुइँचो लागेको छ ।

 


ब्यास–४ स्थित कालिका जंगल पार्कमा पेगोडा शैलीमा निर्माण भएको उक्त मन्दिरको दर्शनकालागि मनोकामना पूरा हुने विस्वाशका साथ श्रदालु भक्तजनहरुको भिड लागेको हो ।

मन्दिरमा विहान ६ बजेदेखि महाकाली ,महालक्ष्मी र महासरस्वती देविको पुजन पश्चात् , दुर्गा सप्तसती,श्रीमद्भागवत गीता र कालीपुराण पाठ गरि आशुरी कु–शक्तिमाथि दैविशक्तिले विजय प्राप्त गरेको शुभ दिन भन्दै असत्य माथि सत्यको जीत भएको जनविश्वासका साथ कालिका दर्शन गर्ने गरेको स्थानीयहरु बताउछन् । जानेर नजानेर गरिएको पाप तत्कालै नाश हुने र चोखो मनले मागे मागेजति बर्दान दिने जनविश्वास रहिआएको छ ।

तनहुँ कालिकाको संरक्षण संबर्धन गराउन वि,स २०६५ सालमा मल्लकालिन पेगोडा शैलिमा मन्दिर निर्माण गरिएको छ।मन्दिर दर्शनका विभिन्न जिल्लाहरुबाट हजारौं बडी भक्तजनहरुको भिड लागेको थियोे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS