images
images
images

ब्यास सिकाई केन्द्रद्वारा ५ दिने भाषण कला तालिम 

images

दमौली
ब्यास सामुदायिक सिकाइ केन्द्र को आयोजना र ब्यास नगरपालिका वडा नम्बर –४ को सहयोगमा नेतृत्व विकास तथा प्रभावकारी भाषण कला तालिम आयोजना गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै ब्यास ४ का वडा अध्यक्ष मनबहादुर गुरुङले समय समयमा आयोजना गरिने सचेतना मुलक कार्यक्रमले समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

अध्यक्ष गुरुङले नेतृत्व दायी भाषण कला र तालिमले ब्यास –४ का १६ टोलका ३२ जना प्रशिक्षार्थीहरुलाई प्रभावकारी तालिम प्रदान गराई फलदायी प्रशिक्षण गरिएको प्रति खुसी ब्याक्त गरे। उनले तालिमले प्रत्येक टोलटोलमा रहेका क्रियाशील सामाजिक अभियान्ता एब्म् अगुवाहरुलाई थप हौषला प्रदान गरि आ आफ्नो टोलमा तालिम पश्चात् ब्यबहारिक सीप सिकाउन ,ब्याक्तिलाई आत्मनिर्भर बनाउन ,सामाजिक सहिष्णुता र सामाजिक एकता अपनाउन तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । उक्त ५ दिने भाषण तथा तालिम पत्रकार मधु अधिकारीले दिएका हुन्।

कार्यक्रममा शिक्षा तथा सामाजिक सिकाइ शाखाका प्रमुख नवीन पराजुली ,ब्यास सामुदायिक सिकाई केन्द्रका सदस्य राजु ढकाल ,ब्यास –४ कि वडा सदस्य गौकुमारी न्यौपाने ,ब्रामण समाजका केन्द्रीय सदस्य डा,लक्षमी कान्त चापागाईं लगाएतकाले ब्यास सामुदायिक सिकाइ केन्द्रबाट समय समयमा बैज्ञानिक ,ब्यवहारिक र सामाजिक नेतृत्वदायी तालिम आयोजना हुदा समाजमा ब्यवहारिक रुपान्तरण शुरु हुन थाल्नु सुखद भएको बताए । समाज रुपान्तरण विभिन्न खाले तालिम राख्दा सम्भव हुने हुदा ब्याक्तिको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन तालिम फलदायी हुने र आत्मबल दरो बनाउन सहयोग पुग्नेमा धारणा राखेका थिए।
कार्यक्रम ब्यास सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष माधव न्यौपानेको सभापतित्वमा भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS