damuli hospatail

२४ मंसिर २०८०, आईतवार

विद्यार्थीलाई मानसिक सचेतना सम्बन्धि प्रशिक्षण

तनहुँ

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूमा किशोरावस्थाका व्यक्तिहरूको मानसिक स्वास्थ्य सम्बन्धी सोमबार एक दिने प्रशिक्षण प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजनमा प्रशिक्षण प्रदान गरिएको हो ।

काठमाण्डौँको मनमोहन मेमोरियल ईन्स्टिच्यूट अफ हेल्थ साईन्सेसमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छात्रा गंगा खनालले किशोरावस्थामा आउने शारिरिक र मानसिक परिवर्तन र यसले निम्त्याउन सक्ने मानसिक समस्या र यसबाट बच्ने उपायहरू बारे प्रशिक्षण प्रदान गर्नुभएको थियो। साथै सो अवसरमा विद्यालयलाई ५०० वटा सर्जिकल मास्क हस्तारण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन अनुसार, नसर्ने रोगहरूमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगको छ ।

मानसिक तन्दुस्त मानिसले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील तथा प्रगतिशील जीवनयापन गर्न सक्ने हुनाले प्रशिक्षण प्रदान गरिएको हो । हरेक व्यक्तिले शारीरिक स्वास्थ्य सँगसंगै मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या बढ्दो गतिमा गएकोले सचेतना कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala