images
images
images

लायन्स क्लव अफ आँबुखैरेनी सिटिको  उपाध्याय चयन

images

आँबुखैरेनी ।

तनहुँको आँबुखैरेनीमा स्थापित लायन्स क्लव अफ आँबुखैरेनी सिटिको अध्यक्षमा अगमराज उपाध्याय चयन भएको छ । क्लवको आज सम्पन्न छैटौं साधारणसभाले आगामी कार्यकाल सन् २०२३–२४ को लागि अध्यक्षमा उपाध्यायलाई चयन गरेको हो ।

यस्तै क्लवको आगामी कार्यकालको लागि प्रथम उपाध्यक्षमा सविता भट्टराई, द्वितीय उपाध्यक्षमा निरज श्रेष्ठ, तृतीय उपाध्यक्षमा गोविन्द प्रसाद खनाल, सचिवमा प्रेम कुमार श्रेष्ठ र कोषाध्यक्षमा काजी कुमार गुरुङलाई चयन गरेको छ ।

 

images