damuli hospatail

२४ मंसिर २०८०, आईतवार

उज्यालो बन्दीपुर कार्यक्रम शुरु

बन्दीपुर

पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा पर्यटन प्रबद्र्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर कार्यक्रम’ शुरु गरिएको छ । बन्दीपुरका सबै सडकमा सडक बत्ती जडान गरी उज्यालो बनाउन बन्दीपुर बनाउन लागेको हो । करिब आठ फिट अग्लो पोल गाडेर सडक बत्ती जडान गर्नुका साथै आर्कषक ढुङ्गा बिच्छाउन थालिएको छ ।
बिजुलीको तार जमिनमूनिबाट व्यवस्था गरी ढुगां छापेर आर्कषण बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सत्र वटा सडक बत्ती जडान गरिदिएको छ । उनले भने, ‘यसबर्ष पर्यटन शाखा मार्फत रु।बीस लाख बिनियोजन गरी अन्य स्थानमा सडक बत्ती राख्ने छौ ।’
त्यसैगरी बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्वेश्यले क्यू आरकोडको व्यवस्था गरिएको उनले बताए । मोबाइलमा स्क्यानिङ गरेपछि बन्दीपुरमा रहेका पर्यटकीयस्थलहरुको सजिलै देख्न सकिने छ । मुख्य बजारमा क्यू आरकोड राखिसकिएको छ भने अन्य पन्ध्र स्थानमा राख्ने तयारी भैरहेको छ ।

त्यसैगरी,पर्यटकीय क्षेत्र बन्दीपुर गाउँपालिका–३ रामकोटमा यसैबर्ष ढुंगा बिच्छाउन थालिएको छ । उक्त कार्यका लागि रु।आठ लाख बजेट बिनियोजन गरिएको छ । त्यसैगरी आगामी बर्ष बन्दीपुर–५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी,कल्लेरी,माझथर,कोरिसा लगायतका स्थानमा ढुगा बिच्छाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

sukala