तनहुँ
समता विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई शिक्षक रमेशबाबु भट्टराईले सोमबार शैक्षिक सामग्री तथा सहयोग गर्नु भएको छ । भट्टराईले विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारलाई हस्तान्तरण गरे ।
२० हजार मूल्य बराबरको समान सहयोग गरेको विद्यालयले जनाएको छ । यस अघि पनि शिक्षक भट्टराईले सबै बालबालिकाको लागि पोसाक प्रदान गरेको प्रधानाध्यापक सुनारले बताए ।
बालबालिकालाई अध्ययनमा हौंसला प्रदान गर्नको लागि मद्धत गरेको र भविश्यमा सहयोग गर्ने प्रतिबद्धता भट्टराईले गरे ।