images
images
images

फागुपूर्णिमा छिम्केश्वरीमा पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला

images

तनहुँ
रंगहरुको पर्व फागुपूर्णिमा को अवसरमा आँबुखैरेनी गाउँपालिका वडा नं ५ स्थित तनहुँको सबै भन्दा अग्लो चुचुरो छिम्केश्वरीमा छिम्केश्वरी पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला सम्पन्न भएको छ ।

कार्यक्रम गण्डकी प्रदेश उद्योग पर्यटन बन तथा वातावरण का मन्त्री रेशम बहादुर जुग्जालीको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री जुगजाली छिम्केश्वरीको पर्यटन विकासका लागि प्रदेश सरकारले ध्यान दिने बताए । कार्यक्रममा प्रदे सभा सदस्य हरी भण्डारीले छिम्केश्वरी गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्न सक्ने बताए ।

कार्यक्रममा गाँउपालिका अध्यक्ष शुक्र चुमानले छिम्केश्वरी क्षेत्रको विकासका लागि पालिकाले ३ तहकै सरकारसँग समन्वय गरेर काम अगाडी बढाएको बताए । कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल,प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्मा ,नेपाल पज्ञा प्रतिष्ठानका पाज्ञ सदस्यहरु ,साहित्यकार लगायतको सहभागिता रहेको थियो

ले समुन्द्री सतहबाट २ हजार १ सय ३४ मिटरको उचाइमा अवस्थित छिम्केश्वरीमा मेला सम्पन्न भएको हो । प्रदेश कै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔं , राष्ट्रिय फुल लालिगुराँस संगै होली मनाऔं भन्ने नारा सहित फागुपूर्णिमा को दिन आँबुखैरेनी बाङमाय परिषद् को आयोजना आँबुखैरेनी गाउँपालिका वडा नं ५ र छिम्केश्वरी युवा क्लब को सह आयोजना तथा आँबुखैरेनी गाउँपालिका को संरक्षकमा मेला सम्पन्न भएको हो । कार्यक्रममा होलीको रमाइलो मेला सहित विभिन्न साहित्यिक तथा संस्कृतिक कार्यक्रम प्राकृतिक मनोरम दृश्य अवलोकन ,राष्ट्रिय तथा स्थानीय कलाकार ,कवि तथा साहित्यकारको प्रस्तुति रहेको थियो । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकन सहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीको उत्तरतर्फ मनोरम हिमालका दृश्यहरू धौलागिरी, निलगिरी, अन्नपुर्ण, माछापुच्छ्रे हिमचुली लमजुङ्ग, मनास्लु, गणेश, लाङटाङ सहित दर्जनौं हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

साथै काठमाडौँ, पोखरा, तराईका फाँट र भारतका केही भागसमेत देख्न सकिन्छ। आँबुखैरेनीबाट छिम्केश्वरी जानको लागि १८ किलोमिटर सडकमार्फत ४५ मिनेट को यात्रा तय गरी सजिलै सवारी साधनवाट लाब्धी गाउँ र त्यसपछि ३० मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS