images
images
images

‘नेपालको इतिहासमा जनयुद्ध’बिषयक बक्तृत्वकला प्रतियोगितामा सम्पन्न

images

दमौली
जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँले शनिबार दमौलीमा आयोजना गरेको ‘नेपालको इतिहासमा जनयुद्ध’ बिषयक क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगितामा  सम्पन्न गरेको छ । प्रतियोगितामा शुक्लागण्डकीका हरि खरेल प्रथम भएका छन् । शुक्लागaण्डकी नगरपालिका स्थित भानुभक्त बहुमुखी क्याम्पसमा बी.एड दोस्रो बर्षमा अध्यनरत खरेलले प्रथम स्थान हासिल गरेका हुन् । खरेल संचारकर्मी पनि हुन् ।   त्यसैगरी दमौली सेकेण्डरी स्कूल कक्षा १० अध्ययनरत अर्पिता श्रीवास्तव द्वितीय र शहीद कृष्ण क्याम्पसमा बीबीए प्रथम बर्षमा अध्यनरत सुष्मा माकिम तृतीय भएकी छन् । उनीहरुले क्रमश ःरु.सात हजार रु.पाँच हजार,रु.तीन हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी शहिद प्रतिष्ठान नेपाल तनहुँका अध्यक्ष रामबहादुर थापा,जनयुद्व अध्ययन प्रतिष्ठानकी अध्यक्ष एवं पूर्व गण्डकी प्रदेश सभासदस्य आशा कोइराला निर्णयक समितिका संयोजक दिलीपकुमार श्रेष्ठले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी थापाले खोसिएका उपलव्धि प्राप्त गर्नका लागि शसक्त रुपमा जनयुद्धमा होमिनुपरेको बताए । क्रान्ति विना विकास र परिवर्तन गर्न नसकिने हुँदा प्राप्त उपलव्धिलाई रक्षा गर्दै अघि बढ्नुको बिकल्प नरहेको उनले बताए ।
प्रतियोगितामा पाँच पालिकाका सात वटा विद्यालय र क्याम्पसका गरी एघार जनाले विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।
शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका क्याम्पसबाट विद्यार्थीले प्रतियोगितामा भाग लिएका हुन् । जनयुद्व अध्ययन प्रतिष्ठानकी अध्यक्ष एवं पूर्व मन्त्री आशा कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेशका सहसचिव अतिन्द्रकेशरी न्यौपानेले कार्यक्रम संचालन गरेका थिए भने नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य सूर्य गौलीले धन्यवाद व्यक्त गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS