अञ्जनराज न्यौपाने
दमौली, १० फागुन ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बीमा अहिले अत्यावश्यक भएकोले नगरवासिले अनिवार्य रुपमा विमा गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल बीमा प्राधिकरण काठमाण्डौँद्धारा दमौली स्थित व्यास नगरपालिकाको सभाहलमा बुधवार आयोजित ‘स्थानिय सरकार संग बीमा’ कार्यक्रममा नगरप्रमुख न्यौपानेले उक्त कुरा बताएका हुन् ।
अझै पनि धेरै नगरवासीहरु जीवन तथा निर्जीवन विमाबाट बञ्चित रहेकाले बीमा योजनामा सहभागी हुन् नगरप्रमुख न्यौपानेले जोड दिए ।
नेपाल बीमा प्राधिकरणका उप निर्देशक निर्मल अधिकारीले बीमा प्राधिकरणले बीमा कम्प्नीहरुको नियमन, निरिक्षण, सुपरिवेक्षण गर्दै न्युन आय वर्ग समक्ष वीमाको पहुँच पु¥याउने र लघुबीको प्रवद्र्धन गर्ने लगायतका काम गरिने चर्चा गर्दै जीवन बीमा र निर्जीवन बीमाको बारेमा नगरवासीहरुले बुझ्नुपर्ने बताए ।
व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले बीमा कम्पनीहरुले बिमितलाई पूर्ण रुपमा बुझाएर पाउने सेवा र सुविधाका बारेमा स्पष्ट जानकारी गराएर मात्र बीमा गराउनुपर्ने बताए ।
बीमा सम्बन्धी गुनासो सुनी समस्या समाधान गर्ने, बीमा सम्बन्धी जनचेतना जगाउने र बीमा जोखिम समावेश गर्ने कुराहरु बुझाउने उदेश्यले आयोजीत कार्यक्रममा व्यास नगरपालिकाका १४ वटै वडाका प्रतिनिधि, तनहुँ जिल्लामा रहेका जीवन बीमा तथा निजीवन विमा कम्पनीका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । नेपालमा हाल १८ वटा जीवनबीमा कम्पनी तथा १८ वटा, पुनर्बीमा कम्प्नी २ र लघुबीमा कम्पनी ७ वटा रहका छन् ।
नेपालमा आर्थिक बर्ष २०७९÷८० को कात्तिक मसान्तसम्मको विवरण अनुसािर १३ अर्व २६ करोडको जिर्जीवन बीमा र ५९ अर्व ३७ करोडको बीमा भएको तथा ३७ दशमलव ७९ प्रतिशत जनता समक्ष जनतामा बीमा पुगेको प्राधिकरणको तथ्याङकमा उल्लेख छ । विभिन्न व्यक्तिको नाउँमा भएकाले कानून बमोजिम अधीग्रहण प्रकृया अघि बढाउने र वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले सहकारी संस्था अनुदान वितरण कार्यविधि, २०७९ पारित गर्ने निर्णय गरेको छ ।