damuli hospatail

२४ मंसिर २०८०, आईतवार

ऐना पहरामा अत्याधुनिक पार्क निर्माण कार्यको शिलन्याश

तनहुँ

त ऐना पहरामा अत्याधुनिक पार्क निर्माण कार्यको शिलन्याश
तनहुँ तनहुँको आँबुखैरेनी गाउँपालिका वडा न २ र ४ को सिमाना पृथ्वी राजमार्ग स्थित ऐना पहरामा अत्याधुनिक पार्क निर्माण कार्य सुरु भएकोछ। गाँउपालिकाका पालिकाका अध्यक्ष शुक्र चुमानले पार्कको शिलन्यास गर्दै सोस्थानलाई शुन्दर पर्यटकीय केन्द्र बनाउने सोंच अनुसार काम सुरु भएको बताए ।

अध्यक्ष चुमानले नेपालमा पहिलो पटक ऐना पहरामा स्टक्चर पार्क बनाउने अभियान सुरु गरिन लागेको बताए । पहाड खोपेर आर्कषक गणेशको मुर्ती निमांर्ण गरिने बताए साथै सो स्थानमा पहरालाई खोपेर बिभिन्न आकृती निर्माण गर्न लागिएको अध्यष चुमानले बताए । कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल प्रमुख प्रसासकीय अधिकृत विष्णु प्रसाद शर्मा लगातयको सहभागिता रहेको थियो र्। ऎना पहराको वरपर रहेका चट्टान हरुमा आकर्षक देवी देवताहरुको आकर्षण मूर्ति निर्माण गरेर गाँउपालिकाले प्रमुख पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न खोजेको छ ।

पर्यटन प्रर्वद्वनमा नयाँ आयम थपने उद्देश्यले ऐना पहरामा झरनामा अत्याधुनिक पार्क निर्माण गर्न लागि गाँपालिकाले आर्थिक बर्ष २०७८/०७९ मारु १ करोड ४० लाख रुपैयाँको बिनियोजन गरेको छ । सो लागतमा पार्कको निर्माण कार्य सुरु भएको हो । ऎना पार्कलाई तनहुँकै उत्कृष्ट पर्यटकीय गन्तव्य रुपमा देखाउने गाउँपालिकाले लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala