तनहुँ
आदिकवि भानुभक्त क्याम्पस र नबिल बैंक बीच आज क्याम्पसमा बैङ्किङ्ग सेवा सञ्चालन गर्ने र क्याम्पसको शैक्षिक तथा व्यावसायिक भवन बैंकलाई भाडामा दिने सम्झौता सम्पन्न भएको छ । नबिल बैंकले क्याम्पसको उक्त भवनको भुईतलामा बैंकको विस्तारित शाखा संचालन गर्नको लागि भाडामा लिएको हो । उक्त सम्झौतामा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट क्यामस प्रमुख महाप्रसाद हड्खले र बैंक तर्फबाट बैंकको ब्यास क्लष्टर प्रमुख हरि ढकालले संयुक्त हस्ताक्षर गरेका थिए । उक्त अवसरमा क्याम्पसको तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस सञ्चालक समितिका सदस्य डा. ईश्वरचन्द्र वाग्ले नबिल बैंकका तर्फबाट बैंकका शाखा प्रबन्धक अनुज श्रेष्ठ र कर्मचारी सन्तोष भण्डारीले साक्षीको रुपमा हस्ताक्षर गेका थिए । क्याम्पसले आफ्ना सबै आर्थिक क्रियाकलापहरुलाई बैंकिंग प्रविधिमा सञ्चालन गर्न र क्याम्पस परिवारका सबै सदस्यहरुलाई बैंकिङ सेवा उपलब्ध गराउन उक्त बैंकसँग सम्झौता गरेको हो। २०४१ सालमा स्थापना भएको नेपालको सबैभन्दा पहिलो निजी क्षेत्रले सञ्चालन गरेको उक्त बैंकले २०७१ साल देखि दमौली बजारमा शाखा सञ्चालन गरी बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । हाल नबिल बैंकमा २३५ वटा शाखा १६ वटा विस्तारित काउन्टर २८१ वटा एटिएम मेसिन १५ सय बढी रेमिट एजेन्टहरु रहेका छन् । नबिल बैंकले क्याम्पसबाट स्थानीय समुदाय, विद्यार्थी, प्राध्यापक कर्मचारी सबैलाई सबै किसिमको बैङ्किङ्ग सुबिधा उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ ।