अन्जनराज न्यौपाने / दमौली
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल गण्डकी र लुम्बिनी प्रदेश समितिको संयुक्त सहयोग र श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला समिति लम्जुङको आयोजनामा विपन्न बर्गका विधार्थीहरुलाई झोला तथा स्टेसनरी सामान वितरण गरिएको छ। जिल्लाको बेशिशहर स्थित वडा नम्बर १ को श्रीदेवि सदन प्राथमिक विधालयमा अध्यानरत गरिब तथा अति विपन्न बर्गका कुल २० जना विधार्थीहरुलाई कपी ,कलम ,झोला वितरण गरिएको हो । कार्यक्रमको शुभकामना मन्तब्यका क्रममा बोल्दै प्रमुख अतिथि नयाँ गाउँ वडा नम्बर १ का वडा अध्यक्ष दुर्गा बहादुर बुढाथोकीले जहाँ विपत त्यहाँ श्रीकृष्णप्रणामी युवा परिषद् भन्ने मुल नारालाई आत्मासाथ गर्दै देशै भर परिषद्ले दुरदराजमा रहेका दुखी,गरिब, पिछडिएका बर्ग अल्पसंख्यक ,दिर्ग रोगी र विपन्न बर्गहरुको पहिचान गरि लत्ताकपडा ,राहत वितरण र निशुल्क स्वास्थ्य शिविर, आयोजना गरि मानव सेवामा परिषद् अहोरात्र खटेको भन्दै रचनात्मक , उदहारणीय र अनुशरणीय कार्य भएको भन्दै खुसी ब्याक्त गरे। यसैगरी ,श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी लुम्बिनी सयुक्त प्रदेशका अध्यक्ष युवराज बरालले परिषद्ले प्रदेशका विभिन्न जिल्लामा रहेका वृद्ध आश्रमका बृद्ध, अपांगता भएका ब्याक्तिहरु , लोपोन्मुख समुदाय , अल्पसंख्यक बर्गहरुलाई रहात वितरण गरि लक्षित समुदायलाई निशुल्क स्वास्थ्य सिविर निशुल्क औंषधी वितरण ।,पशुवली विरुद्धको अभियान , सरसफाइ तथा सचेतना सम्वन्धी तालिम तथा प्रशिक्षण ,रक्तदान,लत्ताकपडा वितरण ,वृद्धआश्रममा भोजनको ब्यबस्था गरिदै आएको र सेवामूलक कार्यलाई थप निरन्तरता दिईने बताए ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी लुम्बिनी सयुक्त प्रदेश समितिका बरिस्ठ उपाध्यक्ष अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश सदस्य महेन्द्र अधिकारी ,श्रीकृष्ण प्रणामी धर्म सेवा समिती लमजुङका अध्यक्ष आनन्द प्रसाद ढुंगाना आबुखैरेनी मन्दिर संचालक समितिका अध्यक्ष ढलक बहादुर अधिकारी ,देवि सदन प्राथमिक विधालयका प्र।अ। होमनाथ अधिकारी ,नयाँगाउँ मन्दिरका संरक्षक दयाराम अधिकारी र बिद्यालय ब्यवस्थापन समितिका सदस्य आशा गुरुङले श्रीकृष्ण प्रणामी युवा परिषद्ले सामाजिक सेवाकालागि पुराएको अनुकरणीय योगदानको प्रशंसा गरेका थिए ।
कार्यक्रमको संचालन श्रीकृष्ण प्रणामी युवा परिषद् लमजुङ शाखाका सचिब मुकेश विडारीले गरेका थिए भने श्री कृष्ण प्रणामी युवा परिषद लम्जुङ्गका उपाध्यक्ष श्याम प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।