images
images
images

कृष्णभावनामृत संघ द्वारा हरिनाम संकिर्तन सहित धार्मिक ग्रन्थ बितरण

images

दमौली
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ९इस्कोन० दमौली शाखाले हरिबोधनी एकादशीको अवसरमा हरिनाम संङ्कीर्तन सहित दमौली बजार परिक्रमा गरि अनसन चौपारिमा पुगेर भागवत गीता लगाएतका धार्मिक ग्रन्थहरू बितरण गरेको छ ।
४ बेद १८ पुराणका रचयिता वेदव्यास क्षेत्र दमौलीलाई विश्वमाझ चिनाउन , प्रचारप्रसार गर्न तथा आध्यत्मिक जागरण ल्याउनका लागि कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रबिलाल थापा ९रसमन्डल दास० ले बताए । संघको दमौली स्थित ब्यास ४ को शाखा कार्यलयमा नियमित शनिबारे सत्सङ कार्यक्रम दिउँसो १२ बजे दखि ४ बजेसम्म हुँदै आएको अध्यक्ष थापाले बताए । उक्त कार्यक्रममा नियमित भागवत गिताको प्रबचन,हरे कृष्ण मन्त्र जप,हरिनाम संङ्कीर्तन सहित भजन कृतन र निशुल्क प्रसाद बितरण, लगायत विभिन्न धार्मिक कार्यक्रम हुदै आएको छ । दैनिक रूपमा हुने
उक्त कार्यक्रममा उपस्थितिको लागि संस्थाका सदस्य लक्ष्मी गुरूङले आग्रह गरिन् ।
संघले आगामी दिनमा व्यासको जन्मभूमि दमौलीलाई बिश्वमाझ प्रचार प्रसार तथा धार्मिक एबंम आध्यत्मिक बिकास गर्नका लागि विभिन्न परियोजनाहरू सहित गूरूयोजना समेत निर्माण गरेको छ ।
जस अन्तर्गत राधा कृष्ण मन्दिर , ब्रह्मचारि आश्रम , सन्यास आश्रम, सभा हल, पाहुना घर,भक्तिबेदान्त गुरूकुल ,भक्तिबेन्दान्त हस्पिटल , गौशाला, भक्तिबेन्दात लाईबेरि , अन्नाथलय आश्रम सहितको गूरूयोजना निर्माण गरिएको संघका सदस्य ईन्जिनियर सुशील खनालले बताए । उक्त गुरूयोजना सम्पन्न गर्नका लागि करिब ६० करोडको लागत अनुमान समेत तयार गरिएको सदस्य खनालले बताए । परियोजना सम्पन्न गर्नका लागि विभिन्न सरकारी निकायहरू , संघिय सरकार, प्रदेश सरकार तथा व्यास नगरपालिका, विभिन्न सामाजिक संधसंस्थाहरू , सम्पुर्ण राजनैतिक पाटिहरू, धार्मिक क्षेत्र, उधोग बाणिज्य संघ लगायत देश तथा बिदेशमा रहेका तनहुँ बासिहरूलाई साथ र सहयोगका लागि आग्रह गरिने संघका सदस्य सचिब प्रमोद न्यौपानेले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS