damuli hospatail

२४ मंसिर २०८०, आईतवार

मोटरसाइकल दुर्घटनामा परी घाइते थापालाई हेलिकप्टरबाट काठमाण्डौं लगियो

तनहुँ १२ कार्तिक
मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई शनिबार हेलिकप्टर चार्टर गरी उपचारको लागि काठमाण्डौं लगिएको छ ।
जिल्लाको ऋषिङ्ग गाउँपालिका–१ झापुटार निवासी २९ बर्षीय रेनु थापालाई हेलिकप्टरमा राखी परिवारले उपचारको लागि काठमाण्डौं लगेको हो ।
दमौलीको खुलाचौरमा हेलिकप्टर ल्याण्ड गरी दमौली अस्पतालमा उपचारमा रहेकी थापालाई थप उपचारको लागि काठमाण्डौं लगिएको हो ।
मोटरसाइकलमा सवार हुँदा सल मोटरसाइकलमा बेरिएर दुर्घटना हुँदा बायाँ हातको पाखुरानिर भाँचिएपछि अन्नपूर्ण हेलिकप्टर प्रा.लि.मार्फत उपचारको लागि पठाइएको हो ।
भाँचिएको हात जडान हुने दमौली अस्पतालका चिकित्सकहरुले बताएपछि उक्त हेलिकप्टर चार्टर गरी काठमाण्डौं लगेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते थापाको दमौली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमान्डौं लैजान सुझाब दिएपछि आफन्तजनले हेलिकप्टर चार्टर गरेर लगेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

sukala