images
images
images

दर्ता नभएका फर्निचर ब्यवसायलाई कानुनी दायमा ल्याउन माग

images

व्यास
व्यास नगरपालिका क्षेत्रमा दर्ता नभएका फार्निचर ब्यवसायलाई कानुनी दायमा ल्याउन माग फर्निचर ब्यवसायीहरुले माग गरेका छन् । तनहु फर्निचर ब्याबसायि संघ ब्यास नगर समितिका प्रतिनिधिहरुले बिहीबार घरेलु तथा साना उधोग कार्यालय तनहुँमा दर्ता नभएका जो कोहि ले उधोग संचालन गरेको भएपनि कानुनी दायरामा ल्याउन माग गरेका हुन् । उनीहरुले घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख अविनाश कुंवर समक्ष दर्ता नभएका अनुगमन गरि कानुनि दायारामा ल्याउन सहजीकरण गरिदिन अनुरोध गरेको फर्निचर ब्यवसायी तनहुँका अध्यक्ष अम्मर भण्डारीले बताए ।

भेटका क्रममा छिट्टै अनुगमन गरी विना दर्ता उद्योग संचालन गरेको फेला परे कानुनि कारबाही गर्ने प्रतिवद्वता ब्यक्त गरेका थिए । ब्यवसायीहरुले फर्निचर उद्योग दर्ता नगरी संचालन गर्नेहरुका कारण राज्यलाई कर तिर्ने उद्योगीहरु मर्कामा परेको सो अवसरमा जानकारी गराएका थिए । सो क्रममा फर्निचर ब्यवसायी तनहुँ व्यास नगर समिति अध्यक्ष सतन ठाकुर ,उपाध्यक्ष राजु थापा , संगम श्रेष्ठ,अशोक मास्के लगातयको टोलीको सहभागिता रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS