
तनहुँ
जिल्ला समन्वय समिति तनहुँको आयोजनामा जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कलिला खान,गण्डकी प्रदेश सरकारका आन्तरीक मामिला मन्त्री डोवाटे वि.क.,प्रदेस सभा सदस्य तथा पुर्व मन्त्री हरी बहादुर चुमान्, निमित प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रे लगातय कार्यालयहरुले गर्ने कार्यक्रम सम्पादनका बारेमा सुझावहरु दिएका थिए । कार्यक्रममा जिल्लामा रहेका नगर तथा गाँउपालिका प्रमुख तथा अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।
जिल्लामा रहेका संघीय सरकारमा मातहत रहेका कार्यालय,प्रदेश सरकार मातहत रहेका कार्यालय,स्थानीय तहहरु तथा बिभिन्न आयोजनाहरुको आर्थिक बर्ष २०७८÷७९ मा सम्पादन भएका कार्यक्रमहरुको समिक्षा भएको हो । समिक्षा कार्यक्रममा सहभागिहरुले संघीय सरकार मातहत रहेका ठुला आयोजना निर्माणमा समस्या आएको बताँउदै त्यस्ता आयोजना समयमा नै सम्पन्न गर्नका लागि कार्यालयहरुले बिशेष ध्यान दिनुपर्ने बताए ।
जिल्ला समन्वय समिति तनहुँका उप प्रमुुख बास्देव थापाले स्वागत गरेका थिए । कार्यक्रममा सबैजसो कार्यालयहरुको आर्थिक बर्ष २०७८÷७९ मा सम्पादन भएका कार्यक्रमहरुको समिक्षासम्पन्न भएको हो ज्ल्लिा समन्वय अधिकारी थमन सिं थापाले बताए ।