images
images

व्यास नगरपालिकामा बादर धपाउने लेजर लाइट वितरण सुरु

images

 

व्यास, तनहुँ – व्यास नगरपालिकाले कृषकहरूलाई बादरको समस्या समाधान गर्न सहयोग पुर्‍याउने उद्देश्यले परिक्षणका लागि बादर धपाउने लेजर लाइट वितरण सुरु गरेको छ।

प्रारम्भिक चरणमा नगरका केही स्थानहरूमा यी लाइटहरू परीक्षणस्वरूप वितरण गरिनेछ। प्रयोग सफल भएमा नगरपालिकाका सबै १४ वडामा क्रमिक रूपमा वितरण विस्तार गरिने योजना रहेको छ।

नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले बताएअनुसार, “बाली नष्ट गर्ने बादरबाट पीडित कृषकहरूको गुनासोलाई सम्बोधन गर्न वैज्ञानिक उपायको प्रयोग गर्न लागिएको हो। यदि यो प्रविधि प्रभावकारी देखियो भने यो दीर्घकालीन समाधान बन्न सक्छ।”

बादरलाई धपाउन प्रयोग गरिने यो लेजर लाइट राति र दिन दुबै समय मा उपयोगी हुने विश्वास लिइएको छ। नगरपालिकाले कृषकहरूलाई प्रयोग सम्बन्धी तालिम र सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ।

प्रविधिको सफल परीक्षणपछि यसले कृषकहरूको बाली संरक्षणमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS