images
images
images

बुद्विचाल खेलमा तनहुँबाट तीन जना छनोट,बन्दीपुरका थापा प्रथम

images

तनहुँ ११ भदौ
बुद्विचाल खेलमा तनहुँबाट तीन जना खेलाडी छनोट भएका छन् । उक्त खेलमा बन्दिपुर गाउँपालिकाका रामबहादुर थापा प्रथम,म्याग्दे गाउँपालिकाका रुचन कायस्थ द्धितीय र व्यास ४ का नरेन्द्र न्यौपाने तृतीय भएका हुन् । गण्डकी प्रदेशमा हुने प्रतियोगितामा भाग लिनको लागि उनीहरु छनोट भएको जिल्ला बुद्विचाल संघ तनहुँका अध्यक्ष भरत पोख्रेलले जानकारी दिए । जिल्ला बुद्विचाल संघ तनहुँद्वारा शनिबार दमौलीमा आयोजना गरेको प्रतियोगितामा स्रोह टीम सहभागि भएका सो संघले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला खेलकूद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेलले चेसको गोटी चालेर कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष पाण्डेले खेलाडीले अनुशासनमा रहि खेलमा सहभागि हुनुपर्ने बताए ।

बुद्विचाल खेल दिमाग खियार खेलिने खेल भएकोले अझै रोचक हुने उनले बताए । नवौ राष्ट्रिय खेलकूद २०७९ मा तनहुँबाट ३६ खेलमा खेलाडी सहभागि हुने सो अवसरमा उनले बताए । जिल्ला बुद्विचाल संघ तनहुँका अध्यक्ष भरत पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बुद्विचाल केन्द्रिय महाधिवेशन प्रतिनिधी एवं मुख्य अर्बीटर चन्द्रमोहन अधिकारी,सहायक अर्बिटर सानुकाजी यथार्थ,गण्डकी प्रदेश प्रतिनिधी कृष्ण रुचाल लगायतको सहभागिता रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS