दमौली
नेपाली काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले आगामी निर्वाचनमा क्षेत्र नम्बर १ बाट संघीय तर्फ आफूले टिकट पाउनु पर्ने दाबी गरेका छन् । व्यास नगरपालिका–११ बेलटारीमा नेपाल महिला संघ वडा कार्य समितिले कार्यकर्ता भेटघाट तथा तिजको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दाबी गरेका हुन् । पाकाहरुले समानुपातिकमा बसेर अवसर नपाएका र योग्यहरुलाई उम्मेदवार बनाउनु पर्ने उनले बताए । हालै सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण गर्दा देशैभरीको मतदाताको चाहाना नयाँ उम्मेदवारलाई जिताउँ भन्ने भएको र सो चाहाना अनुसार आफू योग्य भएको भट्टराईको भनाइ रहेको छ । ‘राजनीतिमै लागेको ४४ वर्ष भईसक्दा पनि एकचोटी पनि संसदीय निर्वाचन लड्ने अवसर आज सम्ममा नपाएकोले यसपटक आफूले पाउनु पर्ने भट्टराईको जिकिर थियो ।
महिला संघ वडा कार्य समितिको सभापति इन्दिरा अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रम व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, नेपाली काँग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, नेपाल महिला संघको अध्यक्ष पवित्रा पौडेल, व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै, नेपाली काँग्रेस व्यास नगर उपसभापति शोभा वडु वडाध्यक्ष दलबहादुर दुरा लगायतले देशको निकास दिने र विकास दिने नेपाली काँग्रेस भएको कुरा जनतालाई बुझाएर काँग्रेसका उम्मेदवारलाई संघ तथा प्रदेशको चुनावमा कटिबद्ध भएर लाग्नु पर्ने बताइन् ।















