images
images
images

उद्यमशील सहकारीद्धारा नारी सद्भाव कार्यक्रम

images

तनहुँ –

व्यास २ दमौली स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थालि.ले महिला दिदीबहिनीहरु विच आत्मियता बढाउन शनिबार दमौलीमा नारी सद्भाव कार्यक्रम गरिएको छ ।
कार्यक्रममा दमौलीबजार क्षेत्रका १ सयभन्दा धेरै महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा व्यास नगरपालिकाकी उप प्रमुख इन्दीरा दरैले नारीहरु विच आत्मियता बढाउन गरिएको कार्यक्रम निकै रचनात्मक भएको बताईन् । ‘कार्यक्रमले महिला दिदीबहिनी विच सद्भाव बढाउन अहम् भुमिका खेल्ने ठानेको छु,’ उनले भनिन्, ‘महिलाहरु संगठित र सचेत बनाउन यस कार्यक्रमले ठुृलो सहयोग पु¥याएको मैले ठानेको छु । त्यसको लागि आयोजकलाई धन्यवाद व्यक्त गर्दछु ।’

सहकारीले समेत महिलाहरु संगठित भई सक्षम हुनुपर्छ भनेर कार्यक्रम गरेकोमा आफूलाई खुशीलागेको उनले बताईन् । महिलालाई एकिकृत गरी उद्यमशीलता र नेतृत्व विकासमा सहकारी संस्थाले पु¥याएको योगदानको जतिप्रशंसा गरे पनि कम हुने महिला उद्यमी संघ नेपाल तनहुँशाखा अध्यक्ष निर्मला मल्लले बताईन् । उद्यमशीलले सहकार्यका साथ समाज परिवर्तन गर्न चाहेको आफूले महशुस गरेको उनले सुनाईन् । ‘सहकारीले महिलाहरुको नेतृत्व विकासका कार्यक्रम गरेको यस अघि थाहा पाएको थिईन,’उनले भनिन्, ‘त्यसको लागि सहकारी संस्थालाई धन्यवाद भन्नैपर्छ ।’
कार्यक्रम
मालायन्स क्लव अफव्यास सिटीका अध्यक्षअञ्जु दाहाल, कृष्णदेव वचततथा ऋण सहकारी संस्थाकाव्यवस्थापक रञ्जीता क्षेत्रीलगायतले महिलालाई संगठित गराउन सहकारीले गरेको कार्यक्रमफलदायीभएको बताए । महिलाहरुको हक, अधिकार र संगठित भई आपसी सद्भावको विकास गर्न अन्य सहकारीलाई समेत प्रेरणा जाग्नआवश्यक रहेको उनीहरुले बताएका थिए ।
महिलाहरुले मौलिक तिज गितको संरक्षण गर्न आलोपालो गितगाएर प्रस्तुतीगर्दै नृत्य समेत गरेका थिए ।
कार्यक्रममा सरल र सहज भेषभूषाका साथै उत्कृष्ट नृत्य गर्नेलाई समेत सम्मानगरिएको थियो । निर्णायकहरु महिलाउद्यमी संघ नेपालतनहुँशाखाअध्यक्षमल्ल, लायन्स क्लवअफव्यास सिटीका अध्यक्षदाहाल र महिला नेतृ योगिताश्रेष्ठ गरी ३ सदस्यिय समितिको सिफारिसमा उत्कृष्ट नृत्यमाशोभा घिमिरे, गरगहना रहितउत्कृष्ट सरल र सहज पहिरनम ाअस्मिता दाहाल र नारायणी मल्ल सम्मानित भए । सरल र सहज पहिरनमै लक्ष्मी श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
महिलाहरुको क्षमता विकासमा सहकारीको समेत योगदान हुनुपर्छ भन्ने ठानेर आफूहरुले कार्यक्रम गरेको आयोजक सहकारी संस्थाका सदस्य तथा कार्यक्रम संयोजक राधिका लम्साल खनालले बताईन् । महिलाहरुको उल्लेख्य उपस्थितीले आफूहरुलाई थपहौसला मिलेको उनले बताईन् । महिलाहरुको नेतृत्व विकासमा पुरुषहरु पनि जिम्मेवार हुनुपर्छ भन्ने ठानेर आफूहरुले कार्यक्रमगर्ने जमर्को गरेको आयोजक सहकारी संस्थाकाअध्यक्ष ईन्द्रलाल श्रेष्ठ विकल्पले बताए । कार्यक्रममा सहभागी सबैलाई उनले धन्यवादव्यक्त गरे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS