images
images
images

समानुपातिकको बन्दसूची पेश गर्न असोज २ र ३ गते

images

काठमाडौं
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको चुनाव कार्यक्रम स्वीकृत गरेको छ।

आयोगले मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको चुनावी कार्यक्रम स्वीकृत भएसँगै सार्वजनिक पनि गरेको छ। जसअनुसार भदौ १० देखि १२ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले निवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

आयोगले भदौ १५ गते दलहरूलाई चुनाव चिह्न प्रादन गर्ने भएको छ। त्यस्तै, असोज २ र ३ गते राजनीतिक दलले बन्दसूची पेश गर्नुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

असोज २२ गने बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ। कात्तिक ९ गते बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ।

एउटै व्यक्तिको नाम एक भन्दा बढी दलको सूचीमा राख्न नपाइने तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा दोहोर्याउन नपाइने प्रवक्ता पौडेलले बताए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS