images
images
images

आज बिश्व आदिवासी दिवस , तनहुँ बिभिन्न पालिकामा सार्वजनिक बिदा

images

दमौली
बिश्व आदिबासी जनजाति दिवसका दिन साउन २४ गते तनहुँका बिभिन्न स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका छन् ।
तनहुँको व्यास नगरपालिका कार्यालयले साउन २४ गते मंगलबार बिश्व आदिवासी जनजाति दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको व्यास नगर कार्यपालिकाको नियमित बैठकले उक्त निर्णय गरेको हो । बैठकले विश्व आदिवासि जनजाति दिवस ९ अगष्ट– साउन २४ गतेका दिन व्यास नगरपालिका अन्तरगतका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा कार्यालयहरुमा विदा दिने निर्णय गरेको हो ।
बिश्व आदिवासी दिवसमा शुक्लागण्डकी नगरपालिकामा सार्वजनिक बिदा दिएको छ ।
बिश्व आदिवासी जनजाति दिवसको अवसरमा जिल्लाको शुक्लागण्डकी नगरपालिका कार्यालयले साउन २४ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय हो ।
२८ औ बिश्व आदिवासी जनजाती दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय सार्वजनिक बिदा प्रदान गरिएको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । उक्त दिन शुक्लागण्डकी नगरपालिका कार्यालय,वडा कार्यालय,सेवा कार्यालयलाई बिदा दिइएको छ ।
त्यसैगरी नगरपालिका भित्रका सबै बिद्यालय र शुक्लगाण्डकी नगरपालिका भित्र संञ्चालित बैक तथा बित्तिय संस्था तथा निजी संघसंस्था र निकायहरु समेतमा स्थानीय बिदा दिइएको नगरपालिकाले जनाएको छ । यसैगरी भानु नगरपालिकाले दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS