तनहुँ
जनता समाजवादी पार्टी नेपाल,जिल्ला समन्वय समिति तनहुँको विस्तारित बैठक शनिबार दमौलीमा सम्पन्न भएको छ । उक्त बैठकले अर्जुन गुरुङको अध्यक्षता ३१ सदस्यीय, जिल्ला समन्वय समिति पुनर्गठन गरेको छ । उपाध्यक्ष पदमा धनमाया गौली, ऋषिराम पौडेल र जुम बहादुर गुरुङ चयन भएको छ। सचिव पदमा हेम बहादुर थापा र उपासचिव पदमा चन्द्र प्रकाश गुरुङ सुभिलाल आले, लक्ष्मी गुरुङ चयन भएका छन । कोषाध्यक्ष पदमा दिपा राना मगर छनौट भएको छ । समन्वय समितिका सदस्यहरुमा सविता थापा, कृष्ण बहादुर परियार, मनमाया थापा, रुपा थापा, रणध्वज थापा, मोहन बहादुर सारु, देउ बहादुर थापा, श्रीप्रसाद आले, नर बहादुर याँदी चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा शुकलाल मगर, संझना कुमाल, राम बहादुर मिश्र, हर्कमान सुनार, यम कुमारी गुरुङ, बसन्ती कुमाल, प्रेम बहादुर गुरुङ,धन माया गुरुङ , जुना दरै, पुर्णी दरै, कृष्ण बहादुर बसेल, हेम बहादुर नेपाली, संजीत सुर्खाली छनौट भएको अध्यक्ष अर्जुन गुरुङले बताए।
कृष्ण बहादुर गुरुङको अध्यक्षतामा बसेको विस्तारित बैठकमा पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य एवं संविधान सभा सदस्य एवं पुर्वमन्त्री शिवलाल थापा मगर,पार्टी विज्ञ परिषद सदस्य सोम नेपाली, संघीय परिषद सदस्य चुडाराम परियार, समाजवादी महिला संघ तनहुँकी अध्यक्ष धन माया गौली, मगरात राष्ट्रिय समन्वय समिति सदस्य चिनीमाया दरै, प्रदेश सदस्य वृषराज गुरुङको पनि उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन केन्द्रिय सदस्य खड्क बहादुर आलेमगरले गरेका थिए।