दमौली । नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले मंसिर ४ गते हुने संघीय चुनावमा उम्मेदवार हुने घोषणा गरेका छन् । सो कुरा नेता जोशीले शनिबार दमौलीमा आयोजित नेपाली काँग्रेस स्वतन्त्र अभियानको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा आफ्नो स्वतन्त्र समुहले प्राप्त गरेको मतले नै आफूले चुनाव जित्ने आधार रहेको जोशीको दाबी थियो । विकास अबरुद्ध भएको र जनतालाई ढाट्ने काम भएकोले आफू चुनाव उठ्ने उनले बताउ । ‘जनतालाई पनि ढाट्ने कुराको सिमा हुन्छ, कुनै अस्पताल बन्ने भयो कि, नयाँ बाटो बन्ने भयो ? केही गर्न नसक्नेले तनहुँको विकासको जिम्मा लिन्छु भन्दा पत्याउने कि नपत्याउने ? नेता जोशीले भने । ‘स्वार्थी, अहम्वादी तत्वको पराजयको लागि आउने निर्वाचनमा मेरो उम्मेदार आवश्यक छ भन्ने ठानेर यो चुनावमा मैले उम्मेदवारी दिने निर्णय गरेको छ’ नेता जोशीे भने ३० वर्ष सम्म जनतालाई ढाँटिएको जोशीको भनाइ रहेको छ । दमौली अस्पतालमा इमरजेन्सी कक्षमा जाँदा शौचालयमा गएको अनुभूति भएको आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी क्याम्पस बनाउन नसकिएको जोशीले बताए ।
कार्यक्रम अभियानका संयोजक तथा बीपी विचार समाजका सभापति हरिशरण पण्डितको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा समाजका गण्डकी प्रदेशका सचिव परशुराम गिरी, समाजसेवी शुकुमलाल गुरुङ, युवा नेता दीपकराज जोशी, स्वतन्त्र अभियानबाट निर्वाचित वडाध्यक्ष सहिदपुत्र भरतकृष्ण श्रेष्ठ, विमलराज जोशी, स्वतन्त्र अभियान्ताहरु क्याप्टन रेशमबहादुर गुरुङ, कमलभक्त पोख्रेल, ऋषिराम पोख्रेल, सोलबहादुर चितौरे, नरेन्द्र थापा, केशरबहादुर गुरुङ, इन्द्रबहादुर दरै, भिमबहादुर अधिकारी लगायतले नेपाली काँग्रेसले बीपीको सिदान्त र आर्दशलाई छोडेर गलत मार्गमा हिडिरहेको छ यही मार्गमा अघि बढी राखेमा गठबन्धनको काँग्रेस उम्मेदवारलाई परित्याग गरी स्वतन्त्र अभियानका लोकतान्त्रिक उम्मेद्धारलाई आगामी प्रदेश तथा संघीय निर्वाचनमा उठाउने र जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए ।